नियम २७
आरोपपत्रमा खुलाउनु-पर्ने कुराहरु
(१) भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्दा आरोपपत्रमा देहायका कुराहरु खुलाउनु पर्नेछ:-

(क) प्रतिवादीको स्थायी र अस्थायी तथा अन्य सम्पर्क ठेगाना (बसोवास गरेको गाउँपालिका वा नगरपालिका, वडा नं., गाउँ, टोल, भएसम्म ब्लक नं., सम्पर्क नं.) सहित नामथर, उमेर, पेसा, व्यवसाय, बाजे, बाबु र आमाको नाम साथै विवाहित महिलाको हकमा पति, सासु ससुराको नाम र पुरुषको हकमा पत्नीको नाम,

(ख) सार्वजनिक पद धारण गर्ने व्यक्तिले भ्रष्टाचारजन्य कार्य गर्दा सम्बद्ध: रहेको पद, मिति, प्रयोग गर्ने अधिकार, निर्वाह गर्नुपर्ने दायित्व वा कर्तव्यसम्बन्धी कुराहरु,

(ग) आरोप वा अभियोग लगाइएका विषय वा तथ्यहरु,

(घ) सम्बद्ध कानून,

(ङ) कानून र तथ्यको विश्लेषण,

(च) गैरकानूनी लाभ वा हानी पुग्याएकोमा क-कसलाई लाभ वा हानी पुच्याएको देखिने हो सो क्रा,

(छ) हानिनोक्सानीको बिगो देखिनेमा सो बिगो,

(ज) कसुरको मात्रा निर्धारण गर्ने आधार,

(झ) सजायको मागदाबी,

(ज) थप सजायको मागदाबी सम्बन्धी विषय,

(ज१) अभियोजन गर्न लागिएको कसुरबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर भए वा नभएको र भएको भए त्यस्तो कसुरमा समेत हुने सजायको मागदाबी,

(ट) प्रचलित कानून बमोजिम पहिचानको गोपनीयता कायम राख्नुपर्ने भए सो सम्बन्धी विषय,

(ठ) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम कुनै व्यक्तिलाई सरकारी साक्षी बनाएको भए:सो विषय,

(ड) आरोपपत्रसाथ पेश भएको सम्पत्ति जफत वा फिर्ता भराउनु पर्ने वा रोक्का हुनुपर्ने के हो सोको स्पष्ट दाबी,

(ढ) आरोपपत्रसाथ पेश भएका वस्तु सम्पत्ति जफत वा फिर्ता गर्नुपर्ने भएमा को कसलाई फिर्ता गर्नुपर्ने हो सो कार्यालय वा व्यक्तिको. सम्बन्धमा खण्ड (क) मा लेखिए जस्तै विवरण र सो विवरण पुष्टि हुने कागज प्रमाण,

(ण) आरोपपत्रसाथ पेश भएको सम्पत्ति रहेको स्थान, दर्तावालको पूरा विवरण, सम्पत्तिको किसिम, प्रकृति, क्षेत्रफल, परिमाण, तौल, मोडेल नं.इत्यादि विवरण,

(त) विगो भराउने तथा सम्पत्ति फिर्ता गर्ने प्रयोजनलाई मात्र प्रतिवादी बनाएको भए सो बिषय,

(थ) सम्बद्ध देखिने अन्य आवश्यक कुराहरु ।

(२) उपनियम (१) बमोजिम अदालतमा आरोपपत्र दायर गर्दा त्यस्तो आरोपपत्र दायर गर्ने अधिकृतलाई अधिकार प्रत्यायोजन गरिएको अख्तियारी वा त्यस्तो आरोपपत्र दायर गर्ने सम्बन्धमा आयोगको निर्णय र सम्बन्धित मिसिल तथा प्रमाण साथै पेश गर्नुपर्नेछ ।

(३) उपलब्ध भएसम्म प्रतिवादीको: फोटो सहितको वास्तविक पहिचान खुल्ने विवरण र निजको नागरिकता वा राहदानी वा सवारी चालक इजाजतपत्र वा वास्तविक परिचय खुल्ने अन्य कागजातको प्रतिलिपि मिसिल संलग्न गरी प्रतिवादी पक्राउ परेको अवस्थामा निजलाई आरोपपत्र साथ अदालतमा उपस्थित गराउनु पर्नेछ । प्रतिवादीलाई उपस्थित नगराइएको वा गराउन नसकेको भए सो को कारण उल्लेख गर्नुपर्नेछ।

(४) आरोपपत्रसाथ- अदालतमा पेश भएको भए तापनि जफतको मागदावी नभएका नगद तथा अन्य दशीका सामानको धनी वा जिम्मा लिएको सम्बन्धित व्यक्तिलाई फिर्ता,दिन अदालतमा अनुरोध गर्नु पर्नेछ ।

(५) उपनियम (१) बमोजिम तयार गरेको आरोपपत्र बमोजिम: कुनै अभियोग लगाउनु पर्ने व्यक्ति छुट हुन गएको अवस्थामा आयोगले थप आरोपपत्र पेस गर्न सक्नेछ ।